बैशाख २३, २०८१, आइतबार
               

सासू कुट्ने बुहारी पक्राउ, सासूको मृत्यु

नेपाल फ्ल्यास
पुस १२, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

सिरहा । बोक्सीको आरोपमा आफ्नै सासूलाई कुटपिट गरी फरार एक महिलालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–३ निवासी ३५ वर्षीया मन्जुदेवी साह रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा मन्जुदेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए । 

बोक्सीको आरोप लगाउँदै मन्जुदेवीले ८५ वर्षीया सासू सुदामादेवीलाई गत कात्तिक ११ गते कुटपिट गरेकी थिइन् । 

बुहारीको कुटपिटबाट गम्भीर घाइते सुदामादेवीको उपचारका क्रममा मृत्यु भएको थियो । 

पक्राउ परेकी मन्जुदेवीलाई आजै आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा बुझाइएको प्रवक्ता पौडेलले बताए । 


कस्तो लाग्यो ?

यो पनि