जेठ ०४, २०८१, शुक्रबार
               

विद्यालयमा आगलागी हुँदा चार लाख बराबरको क्षति

नेपाल फ्ल्यास
पुस १२, २०७७

ADVERTISEMENT

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–१ चाँदनीमा रहेको महाकाली आदर्श माध्यमिक विद्यालयमा आज आगलागी हुँदा करीब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट विद्यालय भवन र भण्डारण गृहमा राखिएका बेञ्च, डेस्क, कुर्सी लगायत सामग्री जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

विद्यालयमा आगलागी भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीका सहयोगमा दमकलको प्रयोग गरी नियन्त्रण गरिएको उनले बताए ।

‘विद्यालयमा आगलागीबारे अनुसन्धान भइरहेको छ’, उनले भने– ‘अहिलेसम्म आगलागी हुनाको कारण खुल्न सकेको छैन ।’


कस्तो लाग्यो ?

यो पनि