जेठ ०४, २०८१, शुक्रबार
               

पाथीभरा क्षेत्रमा बिहीबारदेखि लागेकाे डढेलो अझै नियन्त्रण हुन सकेन

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

ताप्लेजुङकाे पाथीभरा क्षेत्रमा डढेलो लागेको छ । फुङलिङ् नगरपालिका–११ मा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको स्थानीयले बताएका छन् । उक्त जंगल पाथीभरा नजिकै रहेकाे हुँदा पाथीभरा मन्दिर क्षेत्रमा पुग्ने सम्भावना रहेकाे स्थानीयले बताए । डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था नरहेको स्थानीय राजेन्द्र महतले बताए । 

पाथीभरा क्षेत्रमा बिहीबारदेखि नै डढेलो लागेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जनाए । शुक्रबार दिउँसो पाथीभरा क्षेत्रका कर्मचारी, माथिल्लो फेदीका व्यवसायी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

तर शुक्रबार राति फेरि डढेलो सुरु भएको हो । चिसोका कारण धेरै होटल तथा लज बन्द भएको र जनशक्ति कम भएका कारण आगो नियन्त्रणमा समस्या छ ।

आगलागी नियन्त्रणका लागि फुङलिङबाट नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको टोली पठाउने तयारी भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बताए।

 


कस्तो लाग्यो ?

यो पनि