जेठ ०४, २०८१, शुक्रबार
               

काठमाडाैंको तापक्रम वर्षकै न्यून, १ दशमलव ३ डिग्रीमा झर्यो,

नेपाल फ्ल्यास
पुस ११, २०७७

ADVERTISEMENT

काठमाडाैं । काठमाडाैं उपत्यकाको तापक्रम आज यो वर्ष जाडो सुरु भएपछिकै कम भएको छ ।

आज काठमाडाैं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि गएको पुस तीन गते काठमाडाैं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री मापन गरिएको थियो । हिजो काठमाण्डौको तापक्रम २ दशमलव ५ डिग्री रहेको थियो ।

आज अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

आज काठमाडाैं उपत्यकासहित प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा दिउँसो बादल लाग्ने मौसमविद्को अनुमान छ । पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशबाहेकका ठाउँहरुमा मौसम भने सामान्यतया सफा रहेको छ ।

आज राति भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसम बद्ली हुने अनुमान छ ।


कस्तो लाग्यो ?

यो पनि