जेठ ०४, २०८१, शुक्रबार
               

रहेनन् वामपन्थी नेता स्वनाम साथी

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । वरिष्ठ वामपन्थी नेता शसी शेरचन (स्वनाम साथी) को निधन भएको छ ।

स्वनामको शुक्रबार साँझ काठमाडौंको मोडल अस्पतालमा निधन भएको प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मातृका पोखरेलले जानकारी दिए ।

केही दिनदेखि बिरामी भएका उनले मोडलमा उपचार गराइरहेका थिए । 

निमोनियासँगै कोरोना संक्रमण भएका उनी उपचारका क्रममा संक्रमणमुक्त भएका थिए ।

वामपन्थी आन्दोलनमा क्रियाशील स्वनामले पछिलो समय सीमा बचाऔँ अभियानको नेतृत्व गरिरहेका थिए ।

उनी नेकपा (मसाल) का पोलिटब्युरो सदस्य थिए । उनी आस्थाका हिसाबले सत्ताधारी नेकपासँग नजिक थिए ।


कस्तो लाग्यो ?

यो पनि