बैशाख २४, २०८१, सोमबार
               

जिप दुर्घटना हुँदा नौ जना घइते

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

हेटौँडा । हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने नेवारपानीबाट जिल्लाकै उत्तरीभेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ ठूलो भावरतर्फ जाँदै गर्दा ग. १ ज ७२८९ नम्बरको जिप दुर्घटना भएको छ । सो जिप अनियन्त्रित हुँदा दुर्घटना हुँदा भएको बताइएको छ । दुर्घटनामा परी  नौ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरुलाई स्थानीय प्रहरी र गाउँलेले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ ।  घाइते यात्रुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते भएकामध्ये दुई जना सामान्य र सात जनाको अवस्था गम्भीर  छ । 

प्रहरीले बोलेरो जीपका चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि