जेठ ०४, २०८१, शुक्रबार
               

भक्तपुरमा ट्रक दुर्घटना : चालकको मृत्यु, ११ वटा भैँसी घाइते

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

भक्तपुरमा गएराति भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ । 

गएराति करिब २ बजे तिर भैँसी बोकेको ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका ८ आदर्श महेश्वरी पेट्रोलपम्प नजिक ना ६ ख ३९८२ नम्बरको ट्रक दुर्घटना भएको हो ।

सो दुर्घटनामा चालक ३० वर्षीय कैमोदिन अन्सारीको मृत्यु भएको प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका १२ घर भएका अन्सारीको शव दुर्घटनामा परेको ट्रकमा च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

मृतक कैमोदिनको शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाइएको प्रहरीले जनाएको छ ।

ट्रकमा रहेका ११ वटा भैँसी पनि घाइते भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि