जेठ ०४, २०८१, शुक्रबार
               

पूर्वराजा ज्ञानेन्द्र आइतबार झापा जाँदै

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

झापा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा जाने भएका छन् ।

बुद्ध एयरमार्फत भद्रपुर हुँदै दमक जाने कार्यक्रम रहेको शाहका निजी सचिव सागर तिम्सिनाले जानकारी दिए ।

स–परिवारसहित झापा जान लागेका शाह त्यहाँ करिब ४ हप्तासम्म रहने बताइएको छ ।

झापा बसाइको क्रममा उनले राजनीतिक भेटघाट र केही शक्तिपीठको दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र हरेक वर्ष जाडोको समयमा करिब एक महिनासम्म झापाको दमकमा बस्दै आएका छन् । दमकमा उनको निजी चिया बगान तथा निवास रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि