जेठ ०४, २०८१, शुक्रबार
               

दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको लम्बाइ ५० किमि हुने

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल-भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको लम्बाइ ५० किलोमिटर लामो हुने भएको छ ।

आयल निगमको १ नम्बर प्रदेशिक कार्यालय विराटनगरका अनुसार नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त इन्जिनियरिङ टोलीले गरेको विस्तृत इन्जिनियरिङ अध्ययनमा सो पाइपलाइनको लम्बाई यकिन भएको हो । 

सो पाइपलाइनको ३५ किमि भारततर्फ र १५ किमि भूभाग नेपालतर्फ पर्छ । भारतको सिलगुढीदेखि नेपालको झापाको चरआलीसम्म बन्ने पाइपलाइनको रुट गत मंसिर १८ गते तय भएको थियो ।

भारतर्फ भारतले नै बनाउने र नेपाल तर्फको भाग नेपालले नै बनाउने छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको अध्ययनले सुझाएको तीन विकल्पमध्ये मुख्य राजमार्ग भएरै पेट्रोलियम पाइपलाइन आयोजना अघि बढाउने निश्चित भएको छ ।

विस्तृत इन्जिनियारिङ सर्भेअनुसार सिलिगुरीबाट पानीट्याङ्कीको दक्षिण भेग हुँदै पाइपलाइन मेची खोला मुनीबाट नेपाल प्रवेश गर्नेछ । त्यसपछि मूख्य राजमार्ग भएरै चारआलीसम्म पाइपलाइन आउनेछ । पाइपलाइन सडक किनाराको जमिनमा दुई मिटर गहिराईमा बिच्छ्याइने निगमले जनाएको छ ।

यो पनि