जेठ ०४, २०८१, शुक्रबार
               

सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

मङ्गलबारे । इलाममा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालको इलाम जिल्ला तदर्थ समिति गठन भएको छ । इलाम सदरमुकाममा सञ्चारकर्मीको भेलाले जिल्ला तदर्थ समिति गठन गरेको हो । 

उक्त भेलाले रमेश पराजुलीको संयोजकत्वमा ९ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिका सहसंयोजकमा सुनिता खालिङ चयन भएका छन् । त्यस्तै, समितिको सदस्य सचिवमा टीका खतिवडा तथा सदस्यमा भगीरथ भण्डारी, किरण पौड्याल, सुजाता सुनुवार, सोनु मुखिया, सुष्मा श्रेष्ठ र विक्रम सुन्दास चयन भएका छन् ।

सूचनाको हकको प्रचलन, प्रवर्धन र सम्वर्धनसहित आम नागरिकलाई सूचना पाउने मौलिक हकबारे नागरिकलाई सुसूचित गराउने उद्देश्यले समिति गठन भएको हो ।

सूचनाको हकका लागि राष्ट्रिय सञ्जालले आम नागरिकलाई सूचनाको हकको ज्ञान दिनुका साथै सूचना मागमा सहजीकरणसमेत गर्ने सञ्जाल प्रदेश नम्बर १ का सदस्य राम योङहाङले बताए । उनले स्थानीय तहमा यसको प्रभावकारीरूपमा प्रयोग गर्नसके बढ्दै गएको भ्रष्टाचारसमेत न्यूनीकरण हुने बताए । 


कस्तो लाग्यो ?

यो पनि