जेठ ०४, २०८१, शुक्रबार
               

अज्ञात समूहद्वारा निर्माणाधीन विद्यालयको भवन तोडफोड

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । अज्ञात समूहद्वारा गुल्मीमा निर्माणाधीन विद्यालयकाे भवन तोडफोड भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गएराति मालिका गाउँपालिका– ७ मा रहेको देवीस्थान माध्यमिक विद्यालयको निर्माणाधीन भवन तोडफोड भएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण शिक्षाबाट बन्दै गरेको विद्यालय भवनमा तोडफोड भएको प्रहरीले जनाएको छ । उक्त घटनाको मुचुल्का तयार पारी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।

प्रहरीका अनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षाबाट निर्माणाधीन ४ कोठे विद्यालय भवनको दुईवटा कोठा, ४ वटा झ्याल र भौतिक संरचनामा तोडफोड भएको छ । 

निर्माणाधीन भवनको हाल सम्म ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । यसभन्दा अगाडि पनि सोही स्थानमा वडा कार्यालय तोडफोड गरी नगद र ल्यापटप पनि चोरी भएको प्रहरीले जनाएको छ । 

यो पनि