जेठ ०४, २०८१, शुक्रबार
               

सशस्त्र प्रहरी निरीक्षक र सहायक हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कृष्णनगरका प्रहरी निरीक्षक निरन्जनराज कार्की र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक कार्की र सहायक हवल्दार गुरुङलाई जनही ३५ हजार रुपैयाँ विगो कायम गरी आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक कार्कीको आदेशमा सहायक हवल्दार गुरुङले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको आरोप छ ।

उनीहरुले भारतबाट सामान ल्याउन सहजीकरण गरिदिने भनी सो रकम लिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि