जेठ ०४, २०८१, शुक्रबार
               

ट्रक भीरबाट खस्दा ३ जनाको मृत्यु

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

नवलपरासी । गैँडाकोट नगरपालिका– ३ भोक्रोफाँटमा ट्रक भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ ।

भोक्रोफाँटस्थित २६ किलोमिटरको पहरामा ट्रक दुर्घटना भएको हाे । ना.३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ । 

दुर्घटनामा परी ३ जनाको निधन भएको र अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ । घटनास्थलमा उद्धार कार्य जारी रहेकोले मृतकको सनाखत हुन सकेको छैन । 


कस्तो लाग्यो ?

यो पनि