जेठ ०५, २०८१, शनिबार
               

देशभर आजको मौसम

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अधिकांश क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण विभिन्न क्षेत्रको मौसम प्रभावित हुने भएको हो ।

गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अहिले आंशिक बदली रहेको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

यसैगरी राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू– भागमा मौसम सामान्यतया सफा हुनेछ ।

देश अधिकांश स्थानको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।

तराई तथा पहाडका केही भू–भागहरुमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि