बैशाख १३, २०८१, बिहीबार
               

सरकारले देशभर सुरक्षा सतर्कता बढायो

नेपाल फ्ल्यास
पुस ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले देशभर सुरक्षा सतर्कता बढाएको छ । प्रतिनिधिसभा विघटनपछि त्यसको समर्थन र विरोधमा हुने शक्ति प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले सबै जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ ।

गृहमन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्ला सुरक्षा प्रमुखहरूलाई मन्त्रालयको अनुमतिबेगर जिल्ला नछाड्न निर्देशन पनि दिएको छ ।

प्रजिअ र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखलाई जिल्ला छाडेर कतै नजान परिपत्र गरिएको छ ।

सरकारले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि त्यसको पक्ष र विपक्ष देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

प्रदर्शन र देशको सुरक्षा अवस्थाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखसँग छलफल पनि गरेका थिए । प्रधानमन्त्री ओलीले बदलिँदो राजनीतिक परिस्थितिअनुसार शान्तिसुरक्षा सुदृढ बनाउँदै चुनावी सुरक्षामा केन्द्रित हुन प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई निर्देशन दिएका थिए ।

त्यसपछि गृहले देशभरको सुरक्षा अवस्थाबारे जानकारी लिँदै जिल्लास्थित सुरक्षा निकायका प्रमुख र प्रजिअहरूलाई माथिको आदेशबिना जिल्ला छाडेर नहिँड्न निर्देशन दिएको हो ।


कस्तो लाग्यो ?

यो पनि