जेठ ०५, २०८१, शनिबार
               

मौसम : तराईमा बाक्लो हुस्सु , लेकमा हल्का हिमपातको सम्भावना

नेपाल फ्ल्यास
पुस ०६, २०७७

mausam-weather
ADVERTISEMENT

काठमाडाैं । तराईका जिल्लाहरुमा अहिले लागिरहेको  बाक्लो हुस्सु  बिस्तारै हट्दै दिउँसोको समयमा घाम लाग्ने मौसमविद् शान्ति कँडेलले बताएका छन्।

उनका अनुसार बिहान लागेको बाक्लो हुस्सु दिउँसोको समयमा हटेर जानेछ । जसका कारण तराईका जिल्लामा तत्काल शीतलहरको सम्भावना नभएको उनको भनाइ छ । तर हुस्सु र कुहिरोका कारण चिसो भने बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद् कँडेलको सुझाव छ ।

पश्चिमी वायुको प्रभावका कारण पश्चिमका केही क्षेत्रको मौसम आज बद्ली हुने अनुमान छ । यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकामा अहिले हुस्सु लागे पनि बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

काठमाडाै‌ंको न्यूनतम तापक्रम आज ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।


कस्तो लाग्यो ?

यो पनि