जेठ ०५, २०८१, शनिबार
               

विराटनगरमा आगलागी, एक बालकको मृत्यु

नेपाल फ्ल्यास
पुस ०५, २०७७

ADVERTISEMENT

विराटनगर । विराटनगरमा गएराति भएको आगलागीमा परेर एक बालकको मृत्यु भएको छ । आगलागीबाट दुई जना घाईते भएका छन् । 

जाडो छल्न बालेको घुरले विराटनगर १४ झटियाहीका राजेशकुमार दास तत्माको घर जल्दा उनका १४ वर्षीय छोरा रविनदासको जलेर मृत्यु भएको हो । 

आगलागीमा परि ३२ वर्षीय श्रीमती इन्दुदेवीदास र ७ वर्षीय छोरा किसनकुमार दास जलेर घाइते भएका छन् । राजेशकुमार भने शनिबार पाहुना गएका थिए । 

घाइतेको कोशी अस्प्ताल विराटनगरमा उपचार भइरहेको छ । 

चिसोमा घुर  ताप्न बालिएको आगो मध्यरातमा घरमा सल्किएको थियो । सुतिरहेको  अवस्थामा घरमा फैलिएको आगोमा परी बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले बताए । 

आगलागीमा ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि