मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो

नेपाल फ्ल्यास
पुस ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । बिहान पौने ७ बजेको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको हो ।

यो यस वर्षकै न्यून तापक्रम मापन भएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार तापक्रममा अहिले केहीबेरपछि घटबड हुन पनि सक्नेछ । पश्चिमी तराई भू-भागका अधिकांश स्थानहरुमा शुक्रबार बिहानीपख बाक्लो हुस्सु कुहिरो लागेको छ ।

बाँकी तराई भू-भागका एक–दुई स्थानहरुमा हल्का हुस्सु–कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश न १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।


कस्तो लाग्यो ?

यो पनि