काठमाडौं । सामाजिक संजाल (फेसबुक) मा महिलाको चरित्र हत्या गर्ने फरार अभियुक्त पक्राउ परेका छन् । प्रहरीका अनुसार उनी फरार भएको चार वर्षपछि पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले काठमाडौं–५ हाँडीगाउँ घर भएका अविनाशकुमार प्रधानलाई पक्राउ गरेको हो । ३३ वर्षीय प्रधानले ०७२ मा जावलाखेल बस्ने महिलाको चरित्र हत्या गर्ने कुरा लेखेर आफ्नो फेसबुक पोस्ट गरेका थिए ।
जसका कारण उनी साइबर अपराध’ मुद्दामा ०७३ असार २० मा काठमाडौं जिल्ला अदालतले उनलाई चार महिना कैद र ५० हजार जरिवानाको फैसला सुनाएको थियो । उनले ०७२ पुस २४ मा ललितपुर, जावलाखेलका जेनिस महर्जनको बैनीको सामाजिक संजालमार्फत चरित्र हत्या गरेका थिए । अदालतले फैसला गरेपछि उनी फरार थिए ।