जेठ ०७, २०८१, सोमबार
               

काठमाडौं उपत्यकामा शुक्रबारदेखि जोरबिजोर प्रणाली हट्ने

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन खुलेकाे लामो समयसम्म जारी जोरबिजोर प्रणाली भोलिदेखि हट्ने भएकाे छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले निर्णय गरेको हो ।

कोरोना न्यूनीकरणका लागि भन्दै लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोर-बिजोर प्रणाली लागु थियो । अन्य सबै सेवाहरू खुले पनि सवारीसाधनको जोर-बिजोर प्रणालि नहटाएको भन्दै व्यवसायी तथा सर्वसाधरणले गुनासो गरेका थिए । 

जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ । 


कस्तो लाग्यो ?

यो पनि