मंसिर ०१, २०८१, शनिबार
               

सरकारी तलब र पेन्सन खानेको सामाजिक सुरक्षा भत्ता रोक्न गृहको परिपत्र

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । गृह मन्त्रालयले सरकार तथा सरकारी स्वामित्वमा रहेका संघ संस्थाबाट सेवा सुविधा लिइरहेका व्यक्तिको सामाजिक सुरक्षा भत्ता रोक्नका लागि सबै स्थानीय तहलाई परिपत्र गरेको छ । मन्त्रालयले हिजो (बुधबार) परिपत्र पठाएको हो ।

गृहको पत्रमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अथवा यिनीहरुको पूर्ण वा आंशिक स्वामित्व रहेको कुनैपनि संस्थाबाट नियमित तलब, पेन्सन, अवकास सुविधा अथवा अन्य सुविधाहरु पाइरहेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता रोक्न भनिएको छ ।

कानुनअनुसार यसअघि नै रोकिनुपर्नेमा केही स्थानीय तहमा वितरण भइरहेको भन्ने जानकारी आएकाले यस्तो परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।

परिपत्रमा लाभग्राहीको विवरण रुजु गरी दोहोरो सुविधालाई निरुत्साहित गर्न पनि भनिएको छ ।


कस्तो लाग्यो ?

यो पनि