जेठ ०५, २०८१, शनिबार
               

भक्तपुरको कुखुरा फर्ममा आगलागी, दुई हजार ७०० कुखुरा जले

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

भक्तपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ ।

चाँगुनारायण नगरपालिका–८ जितपुरमा दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।

गहुँको छ्वालीले छाएको टहरोमा भुसे चुलोबाट आगो सल्किएको थियो ।

आगलागीबाट सबै टहरा नष्ट भएका छन् । साथै प्यारेज जातका करिव दुई हजार ७०० कुखुरा जलेका छन् ।

आगलागीबाट करिब १५ लाखको क्षति भएको बताइएको छ ।

महानगरीय प्रहरी प्रभाग सुडालको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि