मंसिर ०७, २०८१, शुक्रबार
               

बढ्यो चिसो, कस्तो छ आजको मौसम ?

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । पुस लागेसँगै चिसो बढेको छ । काठमाडौं उपत्यकाको तापक्रम घट्दै गएको छ भने तराईसहित देशका धेरै ठाउँमा राम्रोसँग घाम लाग्न नसक्दा बढी चिसोको महशुस भएको हो ।

तराईमा हुस्सुसँगै चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् । बजारमा पनि चहलपहल कम हुँदै गएको छ । काठमाडौं उपत्यकामा मंगलबार बिहानको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम ३ सेल्सियस मापन गरिएको थियो ।

राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको मौसमविद् गंगा नगरकोटीले बताइन् । उनका अनुसार राति आकाश खुले जमिन चिसो भएर बिहानको तापक्रम घट्ने गर्छ ।

अहिले प्रदेश २, बागमती प्रदेशका भू-भागहरुमा आँशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभावले मौसम बदली भएको हो ।


कस्तो लाग्यो ?

यो पनि