असोज ०६, २०८१, आइतबार
               

धनुषामा टयाक्टर पल्टिँदा एक जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । धनुषामा टयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ।  बाक्लो हुस्सुको कारण दुर्घटना हुँदा विदेह नगरपालिका– ५, मुडिबाका ३५ वर्षीय दिलीप पासवानको मृत्यु भएको हो। 

गएराति सहिदनगर नगरपालिकाको हठीपुरबाट ज १ त ६९६३ नम्बरको ट्याक्टर चलाएर आफ्नो घर फर्किरहेको बेला हुस्सुको कारण बाटो नदेखिँदा ट्याक्टर पल्टिएको थियो । 

जिल्ला प्रहरी कार्यालय धुनषाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका पासवनको उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

मृतक पासवानको शव प्रोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि