असोज ०६, २०८१, आइतबार
               

चन्द्रागिरिमा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका–७ का २४ वर्षीय मानकुमार माझी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका–२ स्थित सडकमा ना २ क ३२३ नम्बरको निसान गाडी अनियन्त्रित भइ पल्टिएको थियो ।

दुर्घटनामा  उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

गाडी सडकदेखि २५० मिटर तल खसेको छ ।

गाडीका चालक  फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि