असोज ०६, २०८१, आइतबार
               

४९ बोरा चिनीसहित चार जना पक्राउ

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । ४९ बोरा चिनीसहित चार जना पक्राउ परेका छन् । मोरङको धनपालथान गाउँपालिकाबाट भारतबाट भन्सार छलेर ल्याइएको सो चिनीसहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–४ स्थित सुनिल राजवंशीको गोदामबाट ४९ बोरा चिनीसहित मोरङ रंगेली नगरपालिका–१ का २१ वर्षीय अभिषेककुमार साह, धनपालथान गाउँपालिका–२ का १७ वर्षीय दीपककुमार मण्डल, सोही स्थानका १८ वर्षीय अर्जुनकुमार मण्डल र १९ वर्षीय रूपेश मण्डल छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सो चिनी एक लाख ४७ हजार मूल्यबराबरको  छ ।
प्रहरीले गोदाम परिसरबाट को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि