जेठ ०५, २०८१, शनिबार
               

पर्साको बहुदरमाई नगरपालिकामा आगलागी, ३ लाख बराबरको क्षति

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

पर्सा । पर्साको बहुदरमाई नगरपालिकामा भएको आगलागीमा ३ लाख बराबरको क्षति भएको छ ।

नगरपालिकाको वडा नम्बर ६ गम्हरिया टोलमा अमेरिका प्रसाद यादवको गोठमा भएको आगलागीमा उक्त मूल्य बराबरको क्षति भएको हो ।

राति साढे एक बजेको समयमा गोठमा लामखुटे धपाउन बालिएको घुरबाट आगो लागेको स्थानीय बद्री तिवारीले जानकारी दिए ।

आगलागिमा परि गोठमा बाँधिएको एक वटा भैसी मर्नुका साथै गोठभित्र रहेको एक भकारी धान जल नष्ट हुँदा करिब ३ लाख बराबरको क्षति भएको हो ।

आगलागीलाई स्थानीयबासीहरु मिलेर नियन्त्रणमा लिएका थिए । आगो निभाउने क्रममा घरधनी यादव जलेर घाइते भएका छन् । नगरपालिकामा बारुण यन्त्र नहुँदा समयमै बारुण यन्त्र पुग्न सकेको थिएन । प्रहरी भने आइतबार बिहान मात्रै घटनास्थलमा पुगेको स्थानीयबासीले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि