बैशाख २१, २०८१, शुक्रबार
               

भारतीयको कुटाइबाट ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

नेपाल फ्ल्यास
मंसिर २८, २०७७

ADVERTISEMENT

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा भारतीयको कुटाइबाट मृत्यु भएका परिवारलाई नगरपालिकाले नगदसहित आर्थिक सहयोग प्रदान गरेको छ ।

वडा नं ६ कटैया गाउँमा भारतीय सीमानामा खेतमा बाली खाएको विषयमा झगडा हुँदा भारतीयको कुटपिटबाट स्थानीय रामदेव यादवको तीन महिना अगाडि मृत्यु भएको थियो ।

मृतक यादवकी श्रीमतीलाई नगरपालिकाका उपप्रमुख इन्दुदेवी यादवले आर्थिक सहयोगस्वरूप तत्काल ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरिन् ।

श्रीमानको मृत्यु भएपछि इन्दुदेवीको परिवारले कष्टकर जीवनयापन गर्दै आएको थियो । घरपरिवारलाई गुजारा गर्न समस्या भइरहेको अवस्थामा नगरपालिकाले आर्थिक सहयोग गरेको स्थानिय महेन्द्र सदाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि