बैशाख २४, २०८१, सोमबार
               

भुक्तानी नपाएपछि किसान आन्दोलन गर्न काठमाडौंमा

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

काठमाडौं । उखुको भुक्तानी नपाएका सर्लाहीका किसान काठमाडौं आइपुगेका छन् । चिनी मिलहरूबाट उखुको  बाँकी बक्यौता प्राप्त गर्नका लागि उनीहरु शनिबार  काठमाडौं आइपुगेका हुन् ।

आइतबार बिहान ११ बजेदेखि माइतीघरमा आन्दोलन गर्ने उनीहरुको कार्यक्रम छ । 

जसका लागि थप किसान काठमाडौं आउने क्रम जारी छ । भोलिबाट  माइतीघर  मण्डलामा हुने आन्दोलनको कार्यक्रममा एक हजारभन्दा बढी किसानले सहभागिता जनाउने कार्यक्रम छ । 

गत वर्ष उद्योग वाणिज्य तथा आपर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुष १८ गते किसानहरुसँग सहमति भएको थियो । एक वर्ष बित्दा पनि किसानले सबै रकम पाउन सकेका छैनन् । 

सरकारी तथ्याङ्कअनुसार उखु मिलसंग किसानले अझै ५२ करोडको हाराहारीमा बक्यौता पाउन बाँकी छ । किसानहरुले चिनी मिलले आफूहरुलाई वषौंदेखि भुक्तानी नदिएर झुलाएको गुनासो गरेका  छन् । 


कस्तो लाग्यो ?

यो पनि