चैत १६, २०८०, शुक्रबार
               

एआइजी पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषद्को २०७७ मंसिर २५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई बधाई दिँदै बढुवापछि प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए । संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई आगडि बढ्नुपर्ने उनले बताए । 

उक्त अवसरमा बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले नेपाल सरकार एवम् प्रहरी संगठनले विश्वास गरी आफूलाई बढुवा गरेको चर्चा गर्दै उक्त विश्वासलाई रतिभर पनि प्रश्न नआउने गरी प्राप्त जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरे । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति थियो ।

 

यो पनि