काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट देशका विभिन्न पहाडी भू–भागमा अत्यधिक चिसो बढ्नुका साथै हिउँ पर्ने सम्भावना रहेको छ ।
त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।
यसैगरी राती पनि देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू–भागमा हल्का देखि मध्यम खालको हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।