सोलुखुम्बु । सोलुखुम्बुकाे पेल्माङमा ५२ जना पीडितहरूलाई राहतस्वरुप चामल वितरण गरिएकाे छ ।
महाकुलुङ गाउँपालिका-३ पेल्माङका एकल महिला, असाय, अपाङ्ता भएका र जेष्ठ नागरिक गरी ५२ जनालाई प्रतिव्यक्ति एक बोरा चामल वितरण गरिएको हाे ।
गोर्लिज-पेल्माङ इभी जर्मनीको आर्थिक सहयोगमा र पेल्माङ विकासका लागि सहयोगी हातहरूले सहयाेग गरेकाे अध्यक्ष मछिन्द्र राईले बताए । अध्यक्ष राईका अनुसार विगतका वर्षहरूमा पनि सहयोग गर्दै आएकाे र यसवर्ष पनि सहयोग कार्यलाई निरन्तरता दिइएकाे हाे ।