सिमकोट । गुणस्तरीय सेवा नदिएको भन्दै नेपाल टेलिकमको कार्यालयमा तालाबन्दी गरिएको छ ।
महिनौँ दिनसम्म टेलिकमको ध्यानाकर्षण गर्दा पनि टेलिकमले लापर्वाही गरेपछि हुम्लाका युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् ।
जिल्ला स्थित युवा संघ नेपाल, नेपाल विद्यार्थी संघ, नागरिक समाज मिलेर तालाबन्दी गरेको नेविसंघ हुम्लाका सचिव विनोद लामाले जानकारी दिए ।