काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट विभिन्न पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, दिउँसो पनि प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । यस्तै, प्रदेश १ को पहाडी भू–भागका एक–दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाको भनाइ छ ।
साथै, राती पनि प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहनुका साथै पहाडी भू–भागका एक–दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।