बैशाख २१, २०८१, शुक्रबार
               

विद्यार्थी परिषद्को केन्द्रीय कार्यसमिति बैठक चितवनमा हुने

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको केन्द्रीय कार्यसमिति बैठक चितवनमा  यहीँ मंसिर २६ र २७ गते  हुने भएको छ । 

राजनीतिक दलदेखि स्वतन्त्र रहेर शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको  स्वतन्त्र विद्यार्थी संगठनले विगत २५ वर्षदेखि निरन्तर शैक्षिक सुधारका निम्ति महत्त्वपूर्ण कार्य गर्दै आइरहेका छन् ।

असल व्यत्ति निर्माणको माध्यमबाट देशलाई पुनःनिर्माण गर्ने उदेश्य बोकेको विद्यार्थी संगठनले देशको आम युवा शत्ति र विद्यार्थीहरूलाई असल, नैतिकवान, क्षमतावान सिपयुक्त्त र देशको धर्म संस्कृति संरक्षणमा पनि महत्त्वपूर्ण योगदान दिँदै आइरहेको परिषद्का महासचिव सुरेन्द्र प्रसाद भट्टले बताए । 

हाल ७७ वटै जिल्लामा परिषद्को कार्य विस्तार भइरहेको र देशको ६ सय भन्दा बढी कलेजमा अध्यनरत विद्यार्थीलाई विभिन्न किसिमका व्यक्तित्व विकास, नेतृत्व विकास र सीप विकास तालिमको माध्यमबाट युवा विद्यार्थीलाई सक्षम बनाउने काम विद्यार्थी परिषद्ले गरिरहेको भट्टले बताए । 

कोरोना महामारीको बीचमा हुन लागेको केन्द्रीय कार्यकारी समिति बैठक रजत जयन्ती विशेष भएकाले यस बैठकमा विगतको समीक्षा र आगामी योजना तय हुने र कोरोना महामारीको कारण परिषद्का रोकिएका आगामी कार्यक्रमको बारेमा छलफल हुने बताइएको छ ।

साथै महामारीको कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, आगामी शैक्षिक गतिविधि, शैक्षिक सुधार र देशको समसामयिक अवस्थाको बारेमा दुई विशेष प्रस्ताव पारित गरी सरकार समक्ष पेश गरिने परिषद्का महासचिव भट्टले बताए ।

यो पनि