जेठ ०४, २०८१, शुक्रबार
               

लोकसेवा आयोगद्वारा ५१३ शाखा अधिकृत पदका लागि दर्खास्त आह्वान

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको छ ।

आयोगका अनुसा १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गर्ने र बाँकी पदहरुमा खुला तथा सामावेशीका आधारमा पदपूर्ति हुने उल्लेख छ । 

सामान्य प्रशासन मन्त्रालयले रिक्त पदको विवरण संकलन गरी पदपूर्तिका लागि लोक सेवा आयोगसँग आग्रह गर्ने प्रणालीअनुरुप सो विज्ञापन खुलेको हो । 

मन्त्रालयको विवरणअनुसार लोकसेवा आयोगले परीक्षा सञ्चालन गरी पदपूर्तिका लागि सिफारिस गर्दछ ।

लोक सेवा आयोगको सूचनाअनुसार सामान्य प्रशासन समूहमा खुलातर्फ ४४, राजश्वमा ४१, लेखामा ३४, लेखा परीक्षणमा १२ र परराष्ट्र सेवामा एक पदमा विज्ञापन खुलेको हो । 


कस्तो लाग्यो ?

यो पनि