जेठ ०४, २०८१, शुक्रबार
               

आजको मौसम : सामान्य बदली भइ सफा रहने

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि पहाडी भू–भागमा सामान्य बदली भइ हल्का चिसोको मासुस भएको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने छ ।

यसैगरी, राती पनि प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेशका  पहाडी भू–भागहरू र सुदुर पश्चिम प्रदेशको हिमाली भू–भागहरूमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

साथै, सुदुर पश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि