काठमाडौं । काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्ड कोटेश्वरमा रहेको बैंकको एटीएम फोडदै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
युवक सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौं बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
बैंकको एटीएम मेसिन आधा फुटाएको र अन्य भाग फुटाउँदै गरेको अवस्थामा तामाङ पक्राउ परेको लामाले बताए ।
तामाङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । इन्सपेक्टर लामाका अनुसार युवकले उक्त एटिएमको रकम निकाल्न भने सकेका थिएनन् । तामाङलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।