काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट सामान्य बदली भई पहाडी भू–भागका केही स्थानमा चिसोको प्रभाव बढेको छ ।
त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । साथै, प्रदेश १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, राती पनि प्रदेश १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही प्रदेश २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १ का पहाडी भू–भागका १–२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।