काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा चिसो बढेको छ ।
दिउँसो पनि प्रदेश १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदुर पश्चिमी प्रदेशका पहाडि भू–भागमा र प्रदेश २ मा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ को थोरै स्थानहरु साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू–भागको १–२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, राती पनि प्रदेश १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा सामान्यतया सफा रहनेछ ।
यसैगरी प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानहरुमा हल्का हिमपातको सम्भावना हुनुका साथै प्रदेश १ का १–२ स्थानहरुमा हल्का वर्षा र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।