चैत १६, २०८०, शुक्रबार
               

राजसंस्थाको माग गर्दै काठमाडौंमा वृहद प्रदर्शन (फोटो फिचर)

नेपाल फ्ल्यास
मंसिर २०, २०७७

ADVERTISEMENT

काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको माग गर्दै काठमाडौं लगायत देशका विभिन्न भागमा आज (शनिबार) प्रदर्शन भइरहेको छ ।

राष्ट्रिय नागरिक आन्दोलनका नाममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विभिन्न समूहले काठमाडौंसहित देशभर प्रदर्शन गरेको हो । 

राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको मागसहित दिउँसो काठमाडौंको माइतीघरमा व्यापक प्रदर्शन भएको छ । 

प्रदर्शनमा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गरी सरकारले बाक्लो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरेको छ ।

यसैबीच, झापामा आयोजना हुने कार्यक्रमलाई राप्रपा सांसद राजेन्द्र लिङदेनले सम्बोधन गर्दै छन् भने चितवनमा शिवसेना नेपालको अगुवाइमा प्रदर्शन भइरहेको छ ।

राप्रपा र राज संस्थाको पुनर्स्थापना गर्ने समूहले राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको मागसहित देशैभर प्रदर्शन गर्दै आएका छन् । 

यो पनि (रोयल वाचबाट साभार)

काठमाडौं

झापा

काठमाडौं


कस्तो लाग्यो ?

यो पनि