जेठ ०८, २०८१, मंगलबार
               

श्रीमती हत्याको आरोपीलाई १० वर्ष कैद

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

चितवन अदालतले श्रीमती हत्याको आरोपमा एक पुरुषलाई १० वर्ष कैद सजाय फैसला गरेको छ ।

न्यायाधीश अवनी मैनाली भट्टराईको इजलाशले हत्या आरोप लागेका पूर्णप्रसाद ढकाललाई आज १० वर्ष कैद फैसला गरेको हो ।

फैसलामा एक लाख रुपैयाँ जरिवाना र ८०० रुपैयाँ पीडित राहत कोषमा जम्मा हुने गरी सजायको सुनाएको छ ।

रत्ननगर नगरपालिका–१५, माधवपुरमा गत जेठ ६ गते ५४ वर्षीय श्रीमान् पूर्णप्रसाद ढकालले खुकुरी प्रहार गर्दा ४३ वर्षीया श्रीमती सुशीला ढकाल गम्भीर घाइते भएकी थिइन् ।

सुशीलाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा जेठ १५ गते मृत्यु भएको थियो ।

घरायसी विवादको क्रममा खुकुरी प्रहार हुँदा सुशीला घाइते भएकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि