बैशाख २२, २०८१, शनिबार
               

नारायण गोपालबिना नेपाली गीत संगीत अधूरो : राज्यमन्त्री रामवीर मानन्धर

नेपाल फ्ल्यास
मंसिर १९, २०७७

ADVERTISEMENT

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्वर सम्राट नारायण गोपालको योगदानबिना नेपाली संगीत क्षेत्र अधूरै रहने बताएका छन् । नारायण गोपालको ३०औं स्मृति दिवसका अवसरमा बालाजु अष्टनारायण पिक्चर्सले आयोजना गरेको कार्यक्रममा मानन्धरले नेपाली गीत संगीतको क्षेत्रमा नारायण गोपालको योगदान युगौं युगसम्म रहिरहने बताए । 

मन्त्री मानन्धरले नेपाली सुगम संगीतको विकासमा नारायण गोपालको योगदानको कसैसँग तुलना हुन नसक्ने बताए ।  सरकारले कला, साहित्य तथा गीतसंगीत र संस्कृतिको संरक्षणका लागि आवश्यक काम गरिरहेको बताउँदै मानन्धरले गीतसंगीत क्षेत्रको विकासका लागि आफूले पनि भूमिका खेल्ने बताए । 

आज प्रविधिसँगै साँगीतिक क्षेत्रमा पनि परिवर्तन आएको बताउँदै मानन्धरले आधुनिकतासँगै मौलिकताको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिए । 


कस्तो लाग्यो ?

यो पनि