काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज पहिलाको तुलनामा बिहानैबाट सामान्य बदली भइ देशका केही स्थानमा चिसो कायम रहेको छ ।
त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी स्थानहरुमा आंशिक बदली रहने बताइएको छ । साथै, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी, राती पनि देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ । त्यस्तै, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।