बैशाख २१, २०८१, शुक्रबार
               

आजको मौसम : सामान्य बदली भइ सफा रहने

नेपाल फ्ल्यास
मंसिर १८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट देशका अधिकांश क्षेत्रमा सामान्य बदली भइ चिसो बढेको छ ।

त्यस्तै, दिउँसो स्पनि लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । साथै, प्रदेश १ का पहाडी भू–भागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

यसैगरी राती पनि लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि