बैशाख २१, २०८१, शुक्रबार
               

रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै ठमेलमा प्रदर्शन

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडौं । ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । 

कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् । 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले लामो समयदेखि बन्द रहेको ठमेलको रात्रिकालीन व्यवसाय अब पनि नखोल्ने हो भने रोगलेभन्दा भोकले मर्नुपर्ने अवस्था आउने बताए । 

ठमेलको रात्रिकालीन व्यवसाय पूर्णरुपमा खोल्नुपर्ने उनको भनाइ छ । 

अध्यक्ष राणाले ठमेललाई खुलाउनका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँदासमेत सुनुवाइ नभएकाले ठमेलका व्यवसायी विरोधमा उत्रिनुपरेको बताए । 

ठमेल खोल्नका लागि सरकाले चाँडो निर्णय गर्नुपर्ने राणाले उल्लेख गरे । 

प्रदर्शन

गत चैतदेखि बन्द भएको रात्रिकालीन व्यवसाय अझै नखुलाइएको भन्दै सो क्षेत्रमा कार्यरतहरुले बुधबार प्रदर्शन गरेका थिए । 

निरन्तरताको अनिश्चितताका कारण आफूहरु थप समस्यामा परेको भन्दै बुधबार सो क्षेत्रमा कार्यरतहरुले ठमेलमा प्रदर्शन गरेका हुन् । 

ठमेल पर्यटन विकास परिषद र ठमेल रात्रीकालीन व्यावसायी उपसमितिले अगुवाइमा भएको प्रदर्शनमा पहिलेकै अवस्थामा व्यवसाय खोल्न दिन माग गरेका थिए ।

यस्तै प्रदर्शनमा सहभागीबाट ‘रोग भन्दा भोक ठूलो,  सरकार व्यवसाय खोलौँ कि आत्महत्या गरौँ, नेपाल सरकार कता छ, रात्रीकालीन व्यवसायी यता छ, काम छैन दाम छैन’, लगायतका ब्यानर बोकेर सरकारको चाँडो व्यवासय खोल्न ध्यानाकर्षण गराइएको थियो । 

ठमेलका अन्य व्यवसायले विस्तारै गति लिन थालेपनि रात्रीकालीन व्यवसाय सञ्चालनबारे भने अन्योलता कायमै रहेको हो । 

यो पनि