बैशाख १७, २०८१, सोमबार
               

पशुपतिमा दाउराबाट शव जलाउने मेसिन सञ्चालनमा

नेपाल फ्ल्यास
मंसिर १७, २०७७

ADVERTISEMENT

काठमाडाैं । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा ल्याइएको छ । 

पशुपतिमा दाउराबाट शव जलाउन सक्ने मेसिन जडान गरिएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको अनावरण गरे ।

पशुपति क्षेत्र विकास कोषको दाता परिचालन अन्तर्गत एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने (आधुनिक वातावरणमैत्री शवदाह गृह) मेसिन जडान गरेको हो । यसअघिको विद्युतीय शवदाह गृह पनि सन्चालनमा छ ।

कोरोना महामारीपछि यी शवदाह गृहमा संक्रमित भई निधन भएका व्यक्तिको मात्र शव जलाउने गरिएको छ । हिन्दु परम्पराअनुसार शव दाउराबाटै जलाउने मान्यता राख्नेहरुले दाउराबाटै शव जलाउने गर्छन् ।

पशुपतिमा स्थापना गरिएको आधुनिक मेशिनको प्रयोगबाट शव जलाउँदा दाउराबाटै शव जलाउने हिन्दु संस्कार पनि जीवित रहने अपेक्षा कोषको छ । वातावरणमैत्री, काठको खपत कम हुने र एउटा शव जलाउन अधिकतम डेढ घण्टा मात्र लाग्ने भएकाले यो मेसिन जडान गरिएको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको बताएका छन् ।

त्यसका लागि पशुपतिको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । ‘यहाँको धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका पक्षलाई मध्यनजर गर्दै स्थानीयको सरोकारसमेत सम्बोधन हुने गरी गुरुयोजनालाई अन्तिम रुप दिने काम भइरहेको छ’, उनले भने, ‘अब पशुपतिमा जे जति विकास निर्माणका काम हुन्छन्, ती सबै त्यहि गुरुयोजना अधिनस्थ भएर हुनेछन् ।’

कोभिड–१९ का कारण बन्द रहेका धार्मिक/सांस्कृतिक गतिविधिहरु अब स्वास्थ्य सम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गर्दै खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेकाले आगामी पुस १ बाट पशुपति मन्दिर पनि खुला रहने जानकारी उनले दिए ।


कस्तो लाग्यो ?

यो पनि