काठमाडौं । रौतहटमा चक्कु प्रहार गरि १८ वर्षीय युवकको हत्या गरिएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते ती युवकको उपचारको क्रममै अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्लाको वृन्दावन नगरपालिका–३ निवासी १८ वर्षीय नन्दकिशोर रामको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार छिमेकी १९ वर्षीय रवि रामले उनलाई चक्कु प्रहार गरेका थिए ।
सोमबार बेलुकी आफ्नी काकी ललिता देवीलाई छिमेकी लाले रामले मादक पदार्थ सेवन गरी गालीगलौज गरेकोमा नन्दकिशोरले पनि लाले रामकै पक्ष लिएको भन्दै भनाभन भएको प्रहरीले जनाएको छ ।
सोही क्रममा भान्छाको तरकारी काट्ने चक्कुले रविले नन्दकिशोरको पेटमा प्रहार गरेको प्रहरीको भनाइ छ । प्रहरीले गए राति नै चक्कु प्रहार गर्ने रविलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।