जेठ ०१, २०८१, मंगलबार
               

आज विश्व एड्स दिवस, नेपालमा घट्दै संक्रमित

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

काठमाडौं । आज डिसेम्बर १ तारिख, विश्व एड्स दिवस, विश्वभर जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

यस वर्ष नेपालमा ‘एचआइभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ भन्ने नारासाथ मनाइदै छ । ​ एचआइभी एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत् रुपमा जनचेतना जगाउने र भावी कार्यक्रमको बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउने गरिएको हो । 

पछिल्लो समय नेपालमा एचआइभी एड्सबाट संक्रमित हुनेहरूको संख्या घट्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एचआइभीको नयाँ संक्रमणलाई ८० प्रतिशतले र एड्सबाट हुने मृत्युलाई २२ प्रतिशतले कमी आएको छ । 

एचआइभी–एड्स संक्रमित व्यक्तिलाई साथ दिन र मृत्यु भएकाको सम्झना गर्दै यो दिवस मनाउन शुरु भएको ३२ वर्ष पुगिसकेको छ । एडसको ठोस उपचार नभए पनि संक्रमितले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउने विभिन्न खालका औषधि सेवन गरेर सहज रुपमा जीवनयापन गरिरहेका छन् । नेपाल सरकार २०३० सम्ममा एड्सअन्त्य गर्ने लक्ष्यमा छ ।

सुईद्वारा लागु पदार्थको प्रयोग र असुरक्षित यौन सम्पर्कबाट एचआईभी संक्रमण हुने गरेको छ । समलिङ्गी र यौनकर्मीमा संक्रमण बढी छ ।  नेपालमा सन् २०१० को तुलनामा एचआईभी संक्रमण ६४ प्रतिशतले घटेको छ । त्यस्तै बालबालिकामा नयाँ संक्रमणको दर ८५ प्रतिशतले घटेको छ। पछिल्लो तथ्याकंअनुसार एचआइभीका कारणले मृत्यु हुनेको संख्या पनि घटेको छ ।

सरकारको तथ्यांङ्क अनुसार नेपालमा हाल २९ हजार ५ सय ३ जना एचआइभी संक्रमित छन् । तीमध्ये १७ हजार ५ सय ८७ पुरुष र ११ हजार ९ सय १६ महिला छन् ।

उनीहरुलाई ८० वटा एआरटी केन्द्र र २० वटा एआरभी केन्द्रबाट नि:शुल्क औषधि वितरण भइरहेको छ । कोरोनासँगै भएको लकडाउनका कारण नियमित औषधि सेवन गरिरहेका र अस्पताल आउनुपर्ने संक्रमितलाई भने समस्या परेको छ ।


कस्तो लाग्यो ?

यो पनि