काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश पहाडी क्षेत्रमा बढी चिसो बढेको छ ।
त्यस्तै, दिउँसो पनि देशभर पहिलाको तुलनामा मौसम सामान्यतया सफा रहनेछ । साथै, राती पनि गण्डकी, बाग्मती र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।